बुटवल,१८ असार । ​
सैनामैना नगरपालिकाका ११ सहित शुक्रबार रूपन्देहीका ४५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २१० जनाको पिसिआर परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार १५६ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शुक्रबार रूपन्देहीको
सैनामैना नगरपालिकाका ११ जना,बुटवल उपमहानगरपालिकाका ९ जना,मायादेवी गाउपालिकाका ६ जना,तिलाेत्तमा नगरपालिकाका र देवदह नगरपालिकाका ५/५ जना,सिद्वार्थनगर नगरपालिका र सुद्दाेधन गाउपालिकाका ३/३ जना,
कञ्चन गाउपालिकाका २ जना र ओमसतिया गाउपालिकाका १ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ३७ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ४११ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमित मृतककाे संख्या सुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
जिल्लामा हालसम्म ४८८ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा २९५ जना सक्रिय संक्रमित रहेका छन् ।