काठमाडाैं,१६ असार । विपक्षी पाँच राजनीतिक दलका विद्यार्थी संगठनले सरकारको कदम अधिनायकवादी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकाे पुतला दहन गरेका छन् ।
नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीलगायत संगठनहरूकाे संयुक्त संघर्ष समितिले प्रधानमन्त्री ओलीकाे पुतला दहन गरेको हो ।
विद्यार्थी संगठनले अधिनायकवादी र स्वेच्छाचारी शासनविरुद्ध तथा संसद पुनर्स्थापना माग गर्दै देशका ७७ जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेकाे संघर्ष समितिले जनाएको छ ।
काठमाडाैंको रत्नराज्य क्याम्पस, पशुपति क्याम्पस, अमृत साइन्सलगायत ६ वटा कलेजमा उनीहरूले प्रदर्शन गरेका थिए। उनीहरूले ‘प्रतिगमन मुर्दावाद’लगायत नारा लगाएका थिए।









