बुटवल,१६ असार । ​
तिलाेत्तमा नगरपालिकाका १९ सहित बुधबार रूपन्देहीका ४४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २४८ जनाको पिसिआर परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार १११ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुधबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिकाका १९ जना, बुटवल उपमहानगरपालिकाका १६ जना,देवदह नगरपालिकाका ५ जना,सैनामैना नगरपालिका,कञ्चन गाउपालिका,सुद्दाेधन गाउपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप २३ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ३७४ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

रून्देहीमा पछिल्लो २४ घण्टामा थप १ जना काेराेना संक्रमित काे मृत्यु भभएको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
जिल्लामा हालसम्म ४८८ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा २४९ जना सक्रिय संक्रमित रहेका छन् ।