दाङ,१६ असार ।
एक लाख नगदसहित दाङमा पाँच जना जुवाडे पक्राउ परेका छन् ।
उनिहरूलाई दाङको तुलसीपुर कट्कुईयाँमा जुवाको खालबाट एक लाख नगदसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दाङकाे बेलुवाका केशव विक, समिशर केसी, कट्कुईयाका इश्वरी भुसाल, सुन्दर चौधरी र दुर्गाप्रसाद डाँगी रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँका विष्णुप्रसाद शर्माको घरमा जुवा खेलिरहेको अबस्थामा उनिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।