बुटवल,१५ असार ।
बुटवल उपमहानगरपालिकाका १४ सहित साेमबार रूपन्देहीका ३६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका १४४ जनाको पिसिआर परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ६७ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार मंगलबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १३ जना,तिलाेत्तमा नगरपालिका र सिद्वार्थनगर नगरपालिकाका २/२ जना, देवदह नगरपालिका, सैनामैना नगरपालिका र सियारी गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ६ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ३५१ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
रून्देहीमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएकोु छ ।
जिल्लामा हालसम्म ४८७ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा २१५ जना सक्रिय संक्रमित रहेका छन् ।
:







