काठमाडौ,१५ असार ।
नेपालमा मंगलबार थप २ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार २५९ पीसीआर परिक्षण गर्दा १ हजार ७२८ र ४ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ९०८ गरि २ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा धेरै काठमाडौंमा ३०२, चितवनमा १५५, झापामा १५०, सुनसरीमा १३८, ललितपुरमा १००, मोरङमा ९०, बागलुङमा ७०, कास्कीमा ६१, भक्तपुरमा ५६, रुपन्देहीमा ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।
बर्दियामा ४९, नवलपरासी पुर्वमा ४१, कैलालीमा ३८, नुवाकोटमा ३७, पाल्पामा २६, काभ्रेपलाञ्चोकमा २४, दाङमा १९, धनकुटा र मकवानपुरमा १६/१६ जना, दैलेख र हुम्ला र कञ्चनपुरमा १५/१५ जना, बारा, धादिङ र सुर्खेतमा १४/१४ जना, दोलखा, अर्घाखाँची र मुगु १२/१२ जना, धनुषा, नवलपरासीमा ११/११ जना तथा सिरहा, म्याग्दी, बाँकेमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।







