-विमलराज भट्टराई
राष्ट्रियता, लोकतन्त्र र समाजवाद नेपाली कांग्रेसका आदर्श हुन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासनप्रणाली अबलम्बन गर्दछ। यसका माध्यमबाट प्रत्येक नागरिकका राजनीतिक, आर्थिक, सामाजिक , सांस्कृतिक एवं धार्मिक अधिकार संरक्षण हुनेछन। वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति गर्दै, नागरिकको सुरक्षा, संरक्षण र समान अवसर उपलब्ध गराउने छ । साथ साथै न्यायपूर्ण समतामूलक, गतिशील र शान्तिपूर्ण समाज निर्माण गरी सम्पन्न नागरिक र समुन्नत राष्ट्र निर्माण गर्दै जानेछ । राजनीतिक, सामाजिक तथा आर्थिक विकासको लक्ष्य पूरा गर्ने र विश्वशान्ति एवं भ्रातृत्व कायम गर्दै नेपाललाई अखण्ड, सम्पन्न र स्वाभिमानी राष्ट्रका रुपमा बिश्र्वलाई परिचित गराउने नेपाली कांग्रेसको उद्देश्य हुनेछ।
जननायक विपी कोइरालाको सक्रियतामा वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भई २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच सम्पन्न एकीकरणपश्चात् नेपाली कांग्रेसको नामबाट सङ्गठित र सञ्चालित छ। यस पार्टीले सशस्त्र आन्दोलनद्वारा जहानिया राणा शासनको अन्त्य गरी वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना गरेको हो। यो गौरवपूर्ण इतिहासमा सहभागी जनतालाई हामी अन्तर्मन बाट स्मरण गर्दै आईरहेका छौं ।
नेपाली नागरिकको स्नेह एवं विश्वासको जगमा निर्मित वीर सहिदहरूको रगतले सिंचित कान्तिकारी पार्टी नेपाली कांग्रेस हो । वि.सं. २०१५ सालको प्रथम संसदीय आमनिर्वाचनमा नेपाली कांग्रेस पार्टी दुई तिहाइभन्दा बढी मतबाट विजयी भई सरकार गठन गर्ने सुअवसर प्राप्त गरेको थियो । यस पार्टीले जनहितका लागि थुप्रै काम गरिरहेको अवस्थामा वि.सं. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्रको हठात अपहरण भयो। वि.सं. २०४६ सालको अन्त्यसम्म प्रतिबन्धित रूपमा रही प्रजातन्त्र पुनर्स्थापनार्थ लडिरह्यो। निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध वि.सं. २०४२ सालको सत्याग्रह र राजनीतिक अभियान तथा सबै आन्दोलन समेतका अनवरत सङ्घर्षहरू भए । २०४६ सालमा नेपाली कांग्रेसको आह्वान र सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा तत्कालीन राजातन्त्रको निरङ्कुशता र निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा शान्तिपूर्ण जनआन्दोलन गरी प्रजातन्त्रको पुनर्स्थापना गर्न सफल भयो। नेपाली कांग्रेस नेपाली नागरिकलाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा पुनर्स्थापित गर्नाका लागी सधै दत्त चित्त छ।
सर्वोच्च कमान्डर गणेशमान सिंह को २०४६ सालको प्रजातंत्र प्राप्ति आन्दोलन सफल भयो। ततपश्चात तत्कालीन नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले नेतृत्व गर्नुभएको सरकारले वि.सं. २०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय शासनव्यवस्था सहितको संविधान जारी गरी सो संविधानअन्तर्गत तीनवटा संसदीय आमनिर्वाचन, दुईवटा स्थानीय निकायको निर्वाचन गरी प्रजातन्त्र सुदृढ हुँदै गइरहेको र जनहितका कार्यहरू भइरहेको अवस्थामा फेरी २०५९ सालमा सुरु भएको राजाको प्रतिगामी कदमबाट संसदीय शासनप्रणाली र बहुदलीय प्रजातन्त्र लगायतका संवैधानिक व्यवस्थाहरू क्षतविक्षत बनाइए । पछि नेपाली कांग्रेसको आह्वानमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजाको प्रतिगमनका विरुद्ध जनसंघर्ष भयो । नागरिकको सर्वोच्चता स्थापित गराउन सञ्चालन भएको संघर्षलाई निरन्तरता दिँदै, देशका राजनीतिक दलहरूसँग समन्वय गरी आन्दोलन सञ्चालन भएकोथियो।बैसठ्ठी ,त्रीसठ्ठी सालको शान्तिपूर्ण संयुक्त जनआन्दोलनद्वारा संसद् पुनर्स्थापना गरेको गौरवमय इतिहास कीर्तिमान छ । गिरिजाप्रसाद कोइरालाकै प्रधानमन्त्रित्वमा बनेको सरकारको नेतृत्वमा प्रारम्भ भएको शान्तिप्रक्रिया र संसद्ले नेपालको अन्तरिम संविधान २०६३ जारी गरी सार्वभौमसत्ता र राजकीयसत्ता पूर्ण रूपले नेपाली नागरिकमा स्थापित गरेको छ। यी ऐतिहासिक घटनाक्रमलाई नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच भएको एकीकरण पछि २०६४ साल असोजमा भएको महासमितिको बैठकले संबोधन गर्यो । देशमा संघीय गणतन्त्र सहितको राज्यसंरचना एवं बहुदलीय संसदीय शासनव्यवस्था स्थापना गर्न सफल भयो। तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन गरी गणतन्त्र कार्यान्वयनको लागि २०६५ साल जेष्ठ १५ गते संविधानसभाको पहिलो बैठकमा पेश गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक उपलब्धिप्रति हामी नेपाली कांग्रेस गर्व गर्दछौं।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभाबाट २०७२ सालमा बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ निर्माण गरी जारी गरेको ऐतिहासिक कीर्तिमान हामीमा निहित छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचन स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण तरीकाले सम्पन्न भयो। नागरिकका इच्छा आकांक्षा अनुरुप बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहास रच शुसील कोइरालालाई हामी सधै स्मरण गर्दैछौ।
नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि मौलिक रुपमा राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि देखाएको प्रतिबद्धता अमर र अजर छ।यस पार्टीका नेता एवं कार्यकर्ताले गरेको त्याग, तपस्या र देशभक्तिको लामो इतिहासलाई स्थापना गर्न बलिदान दिनु हुने वीर सहिदहरूलाई हामी सधै सम्मान गर्दछौं। लोकतान्त्रिक समाजवादको आदर्शअनुरूप समानुपातिक समावेशी सिद्धान्तका आधारमा नेपाललाई अगाडी बढाउने छौ। सुखी र सम्पन्न राष्ट्रका रूपमा नेपाललाई स्थापित गरी राजनीतिक, सामाजिक र आर्थिक विकास गर्ने उद्देश्य नेपाली कांग्रेसले लिएको छ ।वीपी कोईराला सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेर बहादुर देउवाले विभिन्न कालखण्डमा यो पार्टीको र समग्र देशको नेतृत्व गर्नुभयो l उहाँहरुको नेतृत्वमा मुलुकले हासिल गरेको राजनैतिक र आर्थिक उपलब्धिको जगमा हामीले नेपाल देशको समृद्धि र खुसी प्राप्तिको यात्रालाई अघि बढाउनु छ l
राष्ट्रियता,लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्था, दृढ़ संकल्प र निरन्तर अभियानमा नेपाली कांग्रेस सधै क्रियाशील रहनेछ l
अन्त्यमा नेतृत्वदायी राजनीतिक दलका रूपमा नेपाली कांग्रेसको विधान २०१७ बाट संचालन हुने गर्दछ। ऐतिहासिक बिधान नवौं संशोधन भई २०७५ फागुन १२ बाट लागुभएकोछ। यसको अक्षरस पालना गरौं । जय नेपाल।।जय नेपाल।। भट्टराई नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका उपसभापति हुन ।






