बुटवल,१४ असार ।
बुटवल उपमहानगरपालिकाका १४ सहित साेमबार रूपन्देहीका ३६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका २०३ जनाको पिसिआर परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ४७ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार साेमबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १४४ जना,तिलाेत्तमा नगरपालिकाका ९ जना, कञ्चन गाउपालिकाका ३ जना, देवदह नगरपालिका, ५/५ जना,सैनामैना नगरपालिका,राेहिणी गाउपालिकाका २/२ जना,लुम्बिनी सांस्कृतिक नगरपालिका,सियारी गाउपालिका,सुद्वाेधन गाउपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप १८ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ३४५ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
रून्देहीमा पछिल्लो २४ घण्टामा थप ४ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ४८७ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा २१५ जना सक्रिय संक्रमित रहेका छन् ।
:







