काठमाडौं,१४ असार ।
नेपालमा साेमबार थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ६४० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५०९ र एन्टिजेन विधिबाट ९३५ जना गरि २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसमध्ये काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जना रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८५३ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १८७ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९२.६ प्रतिशत रहेको छ ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ । जसमध्ये ३५ हजार ७५ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८७५ जना संस्थागत आइसोलेसनमा
रहेका छन् । ६५७ आईसीयूमा र १९३ जना भेन्टिलेटरमा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४२ जना कोराेना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५१ जना काेराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।







