बुटवल,१३ असार ।
तिलाेत्तमा नगरपालिका र सिद्वार्थनगर नगरपालिकाका ५/५ सहित आइतबार रूपन्देहीका २१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका २०७ जनाको पिसिआर परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ११ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार आइतबार रूपन्देहीको
तिलाेत्तमा नगरपालिका र सिद्वार्थनगर नगरपालिकाका ५/५ जना,बुटवल उपमहानगरपालिकाका ४ जना,लुम्बिनी सांस्कृतिक नगरपालिकाका ३ जना,सैनामैना नगरपालिका,कञ्चन गाउपालिका,सियारी गाउपालिका र काेटहिमाई गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप २२ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ३२७ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
रून्देहीमा बिगत ४ दिनयता काेराेना संक्रमित मृतकको संख्या शून्य रहेको छ । जिल्लामा हालसम्म ४८२ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा २०२ जना सक्रिय संक्रमित रहेका छन् ।
:







