काठमाडौं, १३ असार ।
नेपालमा आइतबार थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा ६ हजार जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५३ र ३ हजार ८३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेकाे संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ७ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ५ लाख ८४ हजार ३३४ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३४ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९ हजार ९ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।