बुटवल,१२ असार । ​
बुटवल उपमहानगरपालिका र तिलाेत्तमा नगरपालिकाका ७/७ जना सहित शनिबार रूपन्देहीका २७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका १८७ जनाको पिसिआर परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा हालसम्म २७ हजार ९९० जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शनिबार रूपन्देहीको
बुटवल उपमहानगरपालिका र तिलाेत्तमा नगरपालिकाका ७/७ जना,देवदह नगरपालिकाका ४ जना,सैनामैना नगरपालिकाका ३ जना,कञ्चन गाउपालिका र ओमसतिया गाउपालिकाका २/२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका र सियारी गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रूपन्देहीका थप २४ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ३०५ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।

त्यस्तै रून्देहीमा बिगत ३ दिनयता काेराेना संक्रमित मृतकको संख्या शून्य रहेको छ । जिल्लामा हालसम्म ४८२ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा २०३ जना सक्रिय संक्रमित रहेका छन् ।

: