– बिमलराज भट्टराई संसारका हरेक प्राणी सुखपूर्वक जीवन निर्वाहको लागी बस्न उपयुक्त स्थान को खोजीमा हुन्छन् । यो लौंकिक एवं पारलौकिक सूखभोगका निम्ती आरोग्य, धन संपत्ति, जीवनसाथी, संन्तान सुख, सामाजिक मान-प्रतिष्ठा, शास्त्रीय ज्ञान अध्यन शान्ति र सूख प्राप्तिका निम्ती वास्तु शास्त्रले दिशा निर्देश गर्ने गर्दछ। यहाँ मानिसको ‘गास बास र कपास’ यो मूलभूत आवश्यकता हो । यहां गाँसको तात्पर्य व्यावसाय अथवा रोजगारलाई मानिएको छ। कपडालाई सुखसुविधाको प्रतीक र वासको तात्पर्य त्यो दुवैबाट प्राप्त हुने सुखलाई समन्वयात्मक रूपले भोग गर्ने र समाजमा प्रतिष्ठासहित जीवनयापन गर्दै स्थायि निवास गर्नु हुन्छ । यिनै उद्देश्यहरूलाई ध्यानमा राखेर शास्त्रीय विद्वान् तथा ऋषिमुनिहरूले भवन निर्माणका सन्दर्भमा गहनढंगले लामोसमय सम्म अध्ययन गरेर त्यसैको निचोडका रूपमा वास्तुशास्त्र सम्बन्धि बहुउपयोगी एवं ब्याबहारीक सिद्धान्तको प्रतिपादन गरेका छन् । वास्तु शास्त्र व्यावहारिक विज्ञान हो। वास्तु अनुसार कुनै पनि कार्य (निर्माण)गर्दा यी महत्त्वपूर्ण सूझाबहरूलाई स्थापित गरेको खण्डमा जीवनयापनका क्रममा सहज तवरबाट कार्यहरू सम्पादन गर्न सकिन्छ।
प्रमुख बास्तुसुत्रहरू यस प्रकार छन् । शौचालयको सिट बस्दा उत्तर-दक्षिण मुख हुने गरी राख्नुपर्छ। सेप्टिक ट्यांक उत्तर-पश्चिम दिशामा राख्नुपर्दछ। दक्ष्क्षिण पश्चिममा पनि राख्न सकिन्छ। पार्किङका लागि उत्तर-पश्चिमको स्थानलाई प्रयोगमा ल्याउनुपर्छ । जुन भूमिमा भवन निर्माण गर्ने हो, त्यस स्थानको माटो निकालेर अर्को माटो राखेर बनाउनाले सबै प्रकारको भूमिगत दोष निवारण हुन्छन् ।ईशानकोणमा देवालय स्थापना गर्नुहोस। ईशान कोणलाई ईश्वरको निवास मानिएको छ । त्यसैले भवनको ईशान कोणमा शौचालय राख्नु अथवा त्यस दिशामा फोहोर हुनु र गर्नु कष्टकारक हुन्छ । प्रवेश द्वार उत्तर अथवा पूर्वमा हुनलाई उत्तम मानिएको छ। बीचमा ढोका राख्नु हुँदैन ।बीचमा ढोका भयो भने कुलकष्ट हुन सक्छ। गृह स्वामीको कक्ष पश्चिम अथवा दक्षिण दिशामा बनाउनुपर्छ । जहाँसम्म हुन सक्छ दक्षिण-पश्चिम नैऋत्य कोणमा बनाउनु राम्रो मानिन्छ । घरको विस्तार चारै दिशामा गर्नु राम्रो हुन्छ । केवल दक्षिण-पश्चिममा अथवा दक्षिणपूर्वमा बढाउनाले धन हानि, शोक, आगलागी, दुर्घटना, चोरी, डकैती, स्वास्थ्यमा हानी अनावश्यक चिन्ता, शोक आदि हुने गर्छ। शयन कक्षमा पेय पदार्थ, कीटनाशक औषधि आदि राख्नु हुँदैन । यसले मानसिक उद्वेग, चिन्ता भोग्नुपर्ने हुन्छ ।पानी टंकी जल भण्डारण उत्तर-पश्चिम दिशामा राख्नाले वंशवृद्धिमा रुकावट हुन्छ भनिएकोछ। धन हानिका साथै मानसिक अशान्तिबाट मुक्त हुन सकिँदैन ।
गौशाला घरको उत्तर-पश्चिम दिशा अर्थात् वायव्य कोणमा राख्न सकिन्छ ।पूर्व एवं उत्तर दिशामा घरको झ्याल एवं ढोका धेरै भएमा राम्रो हुन्छ । निर्माण स्थल जग्गाको ढलान उत्तर दिशामा एवं पूर्व दिशामा हुनुपर्छ, जसले गर्दापानीको निकास ईशान कोणतर्फ गएमा राम्रो रहन्छ। पूजा-प्रार्थनाका समयमा यथासम्म आफ्नो मुख ईशान उत्तर अथवा पूर्व दिशातर्फ फर्कनुपर्छ । घरबाट निस्कने समयमा दक्षिणतर्फ मुख पर्छ भने त्यसबाट अनावबश्यक परेसानी र
हानि हुने गर्छ यसबाट बच्नु नै राम्रो हुन्छ । भवन अथवा जमिनको ईशान कोण अन्य कोणभन्दा ठूलो भयो भने सूर्यसिद्धि एबं सुखको दाता हुन्छ, सानो भयो भने कष्टदायक हुन्छ ।
शौचालय को सिट कमोट उत्तर-दक्षिण फर्केर बस्ने गरी राख्न पर्छ।पुर्ब पश्चिम फर्केर बस्ने बनाईं हुदैन। फोहोरको भाँडो सडक बत्ती, खम्बा या ठूलो रूख प्रवेश द्वार ढोका अगाडि हुनु हुँदैन । भान्सा, शौचालय तथा पूजाघर एकअर्काको वरिपरिदेखिने गरी बनाउनु हुँदैन। घरको उचाइ नैऋत्यबाट इशानतर्फ घटेको हुनुपर्छ। मूल ढोकामा भगवान मूर्ति लगाउनुलाई शुभ मानिएको छ ।
घरको उत्तर पूर्वी कुना सदैव सफा सुग्घर राख्नुपर्दछ । घरको वरिपरि किराले दुःख दिएमा समुद्रबाट प्राप्त नुन मिलाएर छर्नाले या नुनपानीले पोंछा लाउनाले
घरमा किरा बाट दुखसास्ती पर्दैन ।
विद्यार्थीले उत्तर अथवा पूर्व दिशातर्फ मुख गरेर पढ्ने लेख्ने गर्नुपर्दछ । कुनै पनि बिम दलिनको तल बस्न तथा सुत्न हुँदैन । युद्ध, अपराध अशान्ति, आक्रोश या कष्टकारक कुनै पनि चित्र अथवा पेन्टिङ मुख्य कोठामा राख्नु हुँदैन। घरको मूलढोकामा कुनै पनि रूखको छाया पर्नु हुँदैन। बर्खाको पानी या नाली उत्तर-पूर्वतर्फ बग्ने हुनुपर्दछ।भन्याङ तल या माथि शौचालय अथवा पूजा घर बनाउनु हुँदैन ।घरमा बिहान नौ बजेदेखि तीन बजेसम्म रूखको छाया पर्छ भने त्यो अशुभ अथवा कष्टदायक हुने गर्छ। घरमा गार्डरूमका लागि पूर्व फर्कदा बायाँ भागमा राख्नुपर्छ । घरमा भर्याङको ढोका पूर्व या दक्षिण दिशामा राख्नु शुभफलदायक हुन्छ । ग्यारेज घरकोपश्चिम या उत्तरमा दायाँतर्फको निर्माणलाई उत्तम मानिएको छ।(श्रोतसामाग्री अध्ययन: बासुदेब कृष्ण शास्त्री बास्तुबिद डा.उत्तम न्यौ.उपाध्याय, र भारतीय वास्तु शास्त्र अनुसार सारसंक्षेपमा )








