बुटवल,५ असार । ​
तिलाेत्तमाका ९ सहित शनिबार रूपन्देहीका थप २२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका १३६ जनाको पिसिआर परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीका हालसम्म २७ हजार ८५८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार शनिबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाका ९ जना,बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाका ३÷३ जना ,सिद्धार्थनगर नगरपालिका,सैनामैना नगरपालिका र कञ्चन गाउपालिकाका २/२ जना तथा काेटहिमाई गाउपालिकाका १ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
​ पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ६२ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २६ हजार ९६९ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
त्यस्तै रून्देहीमा पछिल्लो २४ घण्टामा थप १ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । जिल्लामा हालसम्म ४७७ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ४१२ जना सक्रिय संक्रमित रहेका छन् ।