काठमाडौँ,२९ जेठ । नेपालमा शनिबार थप ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ५०६ पीसीआर र ५ हजार ९८८ एन्टिजेन परीक्षण गर्दा ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार २९५ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ५ लाख २७ हजार १११ जना कोरोना संक्रमित निको भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ३६६ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ।