कपिलवस्तु,२८ जेठ । लुम्बिनी स्थित थाई मोनाष्ट्रीले कपिलवस्तु सामुदायिक अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
जिल्लाकाे बाणगङ्गा नगरपाफिका वडा-४ मा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा आधारभूत साधन स्रोत अभाव हुदा स्वास्थ्यकर्मी र डाक्टरलाई कोरोना भाईरस संक्रमितको उपचार गर्न समस्या भईरहेको कुरा संचार माध्यमबाट बाहिर आएपछि लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीले सहयोगको हात बढाएको हो ।
थाई मोनाष्ट्रीले अक्सिजन कन्सनट्रेटर-२ थान,अक्सिमिटर २ थान,मास्क , सेनिटाईजर र ग्लोब्स लगायत ६ लाख रूपयाँ बराबरका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीको सक्रियतामा मोनाष्ट्री प्रमुख भिक्षु फ्रा बोधीविड्सले शुक्रबार बाणगङ्गाका नगर प्रमुख मंगल प्रसाद थारुको उपस्थितिमा अस्पतालका व्यवस्थापक लाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
साे अवसरमा भिक्षु फ्रा बोधीविड्सले नेपाली जनतालाई थाई जनताको तर्फबाट सानो सहयोग गर्न पाउदा खुसी लागेको बताए ।
उक्त कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले संस्था सँगै स्वास्थ्य सामाग्री उपलब्ध गराउन बिशेष भुमिका खेलेको भन्दै लुम्बिनी बिकास काेषका सदस्य राजेश ग्यवालीलाई समेत आभार ब्यक्त गरे ।
उनलेे आगामी दिनमा थप सहयोगको अपेक्षा समेत गरे ।
बाडगंगा नगरपालिकाका प्रमुख मङ्गल थारुले यस्तो विषम परिस्थितिमा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए ।
कार्यक्रममा अस्पताल संचालक समिती सदस्य बिष्णु न्यौपाने,सागर श्रेष्ठ, उधोग बाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे, युवा समाजसेवी शक्ति सिं ठकुरी,दिनेश छेत्री ,मीन थापा, सुशील सिं ठकुरी,एसएसडिसि का अध्यक्ष तेज प्रसाद आचार्य, लगायतको सहभागीता रहेको थियोे ।








