बुटवल,२८ जेठ । सैनामैना नगरपालिकाका १३ सहित शुक्रबार रुपन्देहीका ४४ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०६ जनाको पीसीआर परीक्षण गर्दा सैनामैना नगरपालिकाका १३ सहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
साेहि अबधिमा जिल्लामा ४२ जनाको एन्टिजेन परीक्षण गर्दा सबैकाे रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै रूपन्देही जिल्लामा काेराेना संक्रमितको संख्या २७ हजार ६०७ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार रूपन्देहीको सैनामैना नगरपालिकाका १३ जना,तिलाेत्तमा नगरपालिकाका ११ जना,बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाका ७/७ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका,सुद्वाेधन गाउपालिका,गैडहवा गाउपालिका,सम्मरिमाई गाउपालिका र सियारी गाउपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप १४३ जना कोरोना संक्रमित निकाे भएका छन् भने आज रुपन्देहीमा मृत्युको संख्या शुन्य रहेको छ ।
जिल्लामा हालसम्म २६ हजार १५३ जना कोरोना संक्रमित निकाे भएका छन् भने ४६२ जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा हाल ९९२ सक्रिय संक्रमित रहेकोमा १५२ जना लक्षण सहितका संक्रमित रहेके स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
संक्रमित मध्ये ८४० जना होम आइसोलेशनमा रहेका छन् ।