दाङ,२८ जेठ । कुलोको विषयमा भएको विवादमा दाङको तुल्सीपुरमा एक युवकले गोली चलाएका छन् ।
गोली चलाएको आरोपमा प्रहरीले तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वलीलाई पक्राउ गरेकाे छ ।
पक्राउ परेका वलीकाे साथबाट पेस्तोल र ६ राउन्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । वलीले चलाएको गोली भने कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।







