बुटवल,२७ जेठ ।

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्घाखाँचीकाे भुमिकास्थान -९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपाली रहेका छन् ।

भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिपमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ।