Share this News on Social Networking Pages

बुटवल,२३ जेठ । तिलाेत्तमाका १२ सहित रूपन्देहीमा आइतबार थप ४९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २६१ जनाको पिसीआर परीक्षण गर्दा ४९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देही जिल्लामा काेराेना संक्रमितको संख्या २७ हजार ८३ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रूपन्देहीको तिलाेत्तमा नगरपालिकाका १२ जना,बुटवल उपमहानगरपालिकाका ९ जना,सिद्वार्थनगर नगरपालिकाका ८ जना,सैनामैना गाउपालिकाका ७ जना,देवदह नगरपालिका र राेहिणी गाउपालिकाका ४/४ जना,सुद्वाेधन गाउपालिकाका ३ जना र सियारी गाउपालिकाका १ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
रूपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा थप ३०२ जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २५ हजार ४७२ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना काेराेना संक्रमितको मृत्यु भएको छ । रूपन्देही जिल्लामा हालसम्म ४५० जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हाल १ हजार १६१ जना काेराेनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।