काठमाडौं,१७ जेठ । यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।
गत बर्ष जस्तै विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनकाे विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।
प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्ने जनाइएको छ ।
कोरोना महामारीका कारण गत वर्षपनि परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । यो वर्ष पनि परीक्षा गर्ने अवस्था नभएका कारण यो निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।
राष्ट्रिय परिक्षा बाेर्डले यश बर्षकाे एसईई परिक्षा बैकल्पिक माध्यमबाट गर्न मन्त्रालयलाई सिफारिस गरेको थियोे ।
य