बुटवल,१७ जेठ ।
बुटवल र तिलाेत्तमाका ३६/३६ जना सहित साेमबार रूपन्देहीका १४७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५३८ जनाको पिसिआर परिक्षण गर्दा १४७ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २६ हजार ५३१ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार साेमबार रूपन्देहीको
बुटवल उपमहानगरपालिका र तिलाेत्तमा नगरपालिकाका ३६/३६ जना,देवदह नगरपालिकाका १९ जना,सियारी गाउपालिकाका ११ जना,सैनामैना नगरपालिकाका १० जना,सिद्धार्थनगर नगरपालिकाका ९ जना,लुम्बिनी सांस्कृतिक नगरपालिकाका ६ जना,सुद्वाेधन गाउपालिका र मायादेवी गाउपालिकाका ४ /४ जना,सम्मरिमाई गाउपालिका,ओमसतिया गाउपालिका र कञ्चन गाउपालिकाका ३/३ जना,गैडहवा गाउपालिकाका २ जना र राेहिणी गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ८९० जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २३ हजार ९५५ जना काेराेना संक्रमित निकाे भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रूपन्देहीमा थप २ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ४३७ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
रूपन्देहीमा हाल २ हजार १३९ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।