Share this News on Social Networking Pages

काठमाण्डाै,११ जेठ । गोली प्रहारबाट घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

गाेलि लागेर घाइते भएका पाण्डेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचारका लागि हिजो बेलुका काठमाण्डौ लगिएको थियो । गएको जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ सडुवामा पाण्डे र एक भारतीय नागरिकलाई तीन जनाको समूहले गोली प्रहार गरेका थिए ।

३४ वर्षका पाण्डे माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य हुन् । प्रहरीले गोली हानेको आरोपमा दुई जनालाई यसअघि नै पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका-१ का ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का साकिर अली पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।