बुटवल,१० जेठ । राष्ट्रिय जनमुक्ति पार्टीले संसदलाई बाइपास गरि अल्पमतकाे सरकारले नागरिकता अध्यादेश ल्याउनु निन्दनीय र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ ।
पार्टीका अध्यक्ष खड्ग प्रसाद(केपी) पालुङ्वाले आज एक प्रेस विज्ञप्ति जारी गरि संसदलाई बाइपास गरि अल्पमतकाे सरकारले नागरिकता अध्यादेश ल्याउनु निन्दनीय र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् ।
बिगत ३ बर्षभन्दा धेरै समय नागरिकता विधेयक संसदमा बिचाराधिन अवस्थामा रहेको अवस्थामा झन्डै दुई तिहाइ नजिककाे सरकारले विधेयकमाथि संसदमा छलफल नगरी बर्तमान अल्पमतकाे सरकारले आफ्नो अफ्ठेराे फुकाउन भावि निर्वाचन र सत्ता साझेदारीकाे स्वार्थपुर्तिकाे साधनको रूपमा नागरिकता अध्यादेश ल्याइएको भन्दै जनमुक्ति पार्टीले अध्यादेशकाे बिराेध गरेको छ ।