बुटवल,१२ बैशाख ।
आफ्नै ५८ वर्षीय बुबाको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्ग बहादुर थारूको पिपरा अस्पताल कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








