Share this News on Social Networking Pages

बुटवल,९ जेठ । बुटवलको कालिकानगर स्थित चाैराह हस्पिटल प्रालिले अक्सिजन काे अभावमा काेराेना संक्रमित बिरामी भर्ना तथा उपचार गर्न नसकिएको जनाएको छ ।
अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गरि विश्वव्यापी रूपमा उत्पन्न काेराेना महामारीकाे दाेस्राे लहरले मानवीय क्षति भैरहदा समय सापेक्ष जिम्मेवारी उठाउदै सामाजिक उत्तरदायित्व सहितको स्वास्थ्य सेवा दिन अग्रसर साे हस्पिटललाई काेराेना हस्पिटलमा रूपान्तरण गर्न मानसिक,प्राविधिक जनशक्ति व्यवस्थापन लगायतका मुलभुत कामहरू सम्पन्न भैसक्दा समेत उपचारका लागि आवश्यक पर्ने अक्सिजन सप्लाइमा देशव्यापी रूपमा समस्या सृजना भएको हुँदा जनचाहना एवम् आवश्यकता बमोजिम काेभिडका बिरामी भर्ना तथा उपचार गर्न नसकिएको जनाएको हो ।

अक्सिजनकाे अभावका कारण अस्पतालका अन्य सेवाहरू समेत प्रभावित भएता पनि हाल अस्पतालबाट प्रदान गर्दै आइरहेका सबै सेवाहरू भने नियमित रूपमा सुचारु भएको हस्पिटलका प्रशासन प्रमुख कमल ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बुटवलकाे कालिकानगरमा संचालित साे हस्पिटलले लामाे समयदेखि जनरल सर्जरी,न्युराे,हाडजोर्नी तथा ट्रमा सम्बन्धि उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।