काठमाण्डाै,३ जेठ । गाजा क्षेत्रमा गरिएको आक्रमणमा इस्लामिक जिहादका कमान्डरकाे मृत्युु भएको इजरायली सेनाले दाबी गरेको छ ।
हवाई आक्रमणमा उत्तरी गाजा डिभिजनका प्रमुख कमान्डर हुसाम अबु अरविदको मृत्यु भएको इजरायली सेनाले दाबी गरेको बीबीसीले जनाएको छ ।
हुसामको नेतृत्वमा इजरायलमा कैयौँ मिसाइल प्रहार भएको सेनाको दाबी छ । यसैबीच व्यापक अन्तर्राष्ट्रिय आलोचनाका बीच पनि इजरायलले गाजामा हमला गर्न छाडेको छैन । आक्रमणमा परेर आइतवार (हिजो) एकै दिन एक सय ४० भन्दा धेरै प्यालेस्टाइनीहरूको ज्यान गएकोमा आज पनि दर्जनौँ व्यक्तिको ज्यान गएको खबरमा उल्लेख छ ।
यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले इजरायलका प्रधानमन्त्रीलाई तत्कालै आक्रमण बन्द गर्न आग्रह गर्नुभएको छ । इजरायलको आक्रमणमा निर्दोष नागरिकको ज्यान गएको भन्दै आक्रमण अन्त्य गर्न मर्केलले आग्रह गर्नुभएको हो ।
यस्तै गाजामा एमएसएफ का मिसनका प्रमुख हेलेन ओटेन्स प्याटरसनले गएको हप्तादेखि गाजामा चलिरहेको आक्रमण विनाशकारी भएको बताउनुभएको छ । इजरायलको हवाई आक्रमणमा सडक, पानीको व्यवस्था, जल निकास र अन्य भौतिक सम्पत्तिमा निकै क्षति पुगेको छ । पहिलेदेखि नै जर्जर रहेको स्वास्थ्य व्यवस्थामाथि पनि भारी दबाब रहेको प्याटरसनको भनाइ छ ।