बुटवल,१६ वैशाख ।
बुटवल उपमहानगरपालिकाका १८७ सहित रुपन्देही जिल्लामा बिहिबार थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा १०४४ पीसीआर परीक्षण गर्दा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार ५८ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहिबार बुटवल उपमहानगरपालिकाका १८७ जना, तिलोत्तमा नगरपालिकाका १०४ जना, सिद्धार्थनगर नगरपालिकाका ५७ जना,सैनामैना नगरपालिकाका २८ जना, देवदह नगरपालिकाका २५ जना,सुद्धोधन गाउपालिका र मायादेवी गाउपालिकाका ९÷९ जना, ओमसतिया गाउपालिकाका ८ जना, सियारी गाउपालिकाका ७ जना,कञ्चन गाउपालिकाका ४ जना,गैडहवा गाउपालिकाका ३ जना,लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीगाउपालिकाका २÷२ जना तथा रोहिणी र मर्चवारी गाउपालिकाका १÷१ जना र गैडहवा गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लाका थप १०१ जना कोरोना संक्रमित निको भएका छन् ।
रुपन्देहीमा हालसम्म ९ हजार ३१९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल रुपन्देही जिल्लामा २ हजार ५ सय ५२ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।