काठमाडौं,१६ वैशाख ।
नेपालमा बिहिबार थप ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५९७ पीसीआर परीक्षण गर्दा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या तीन लाख १७ हजार पाँच सय ३० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८८८ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म दुई लाख ८० हजार एक सय ६७ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म ३ हजार २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।