Share this News on Social Networking Pages

बुटवल,१६ वैशाख ।
बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उनीहरुको आधा घण्टाकाबीचमा आज बिहान मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा बुटवल ११ का ३१ वर्षिय पुरुष, बुटवल १४ का ६६ वर्षिय पुरुष र मायादेबी ६ का ७२ वर्षिया महिला रहेका छन् ।

उनिहरुको उपचारका क्रममा आज बिहान २.३०,२.४५ र ३ बजे गरी आधाघण्टाको अन्तरमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

उनीहरुमध्ये २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए ।

यससँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १८४ पुगेको छ । हिजो पनि रुपन्देहीमा ६ जना संक्रमितको मृत्यु भएको थियो ।