Share this News on Social Networking Pages

काठमाण्डौ,१५ वैशाख ।
नेपालमा बुधबार थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ८७९ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ७७४ र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २३ जना गरी ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ९०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ७७३ जना कोरोना संक्रमित निको भएका छन् ।

आज संक्रमण पुष्टि भएकामध्ये दुई हजार ४७ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।