बुटवल,१४ वैशाख ।
कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।
आज बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र उद्योगि व्यवसायीहरुसँगको बैठकपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यही वैशाख १६ गते बिहिबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी भएसँगै जिल्लामा अत्यावस्यक बाहेकका सबै सेवा बन्द हुने छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा २०० बढि कोरोनाका सक्रिय संक्रमित भएका जिल्ला र तराइमा ५०० बढि सक्रिय संक्रमित रहेका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।