बुटवल,१३ वैशाख ।
बुटवल उपमहानगरपालिकाका १२१ सहित रुपन्देही जिल्लामा सोमबार थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ८१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४७६ पीसीआर परीक्षण गर्दा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका १२१ जना, तिलोत्तमा नगरपालिकाका ५४ जना, सिद्धार्थनगर नगरपालिकाका ४२ जना, सैनामैना नगरपालिकाका १२ जना, देवदह नगरपालिकाका ११ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ६ जना,सुद्धोधन गाउपालिकाका ५ जना, ओमसतिया गाउपालिका,सियारी गाउपालिका र कञ्चन गाउपालिकाका ३÷३ जना, मायादेवी गाउपालिकाका २ जना र कोटहीमाई गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लाका थप ३८ जना कोरोना संक्रमित निको भएका छन् ।

रुपन्देहीमा हालसम्म ९ हजार १६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म १७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा १ हजार ४ सय ७० जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।