Share this News on Social Networking Pages

काठमाडौं,१३ वैशाख ।
नेपालमा सोमबार थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्ल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ४ सय पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जना गरी हजार ५५६ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म २ लाख ७७ हजार ९५१ जना कोरोना संक्रमित निको भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
न्ेपालमा हालसम्म ३ हजार १७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार पुष्टि भएका कोरोना संक्रमितमध्ये १ हजार ९१२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना छन् ।

यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२÷३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।