बुटवल,१२ वैशाख ।
बुटवल उपमहानगरपालिकाका ९३ सहित रुपन्देही जिल्लामा आइतबार थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ५४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ८२ महिला र १२२ पुरुष गरी २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार बुटवल उपमहानगरपालिकाका ९३ जना, तिलोत्तमा नगरपालिकाका ५० जना, सिद्धार्थनगर नगरपालिकाका २० जना, सैनामैना नगरपालिकाका १० जना, ओमसतिया गाउपालिकाका ५ जना,गैडहवा गाउपालिकाका ४ जना, मायादेवी गाउपालिका र सम्मरीमाई गाउपालिकाका का २÷२ जना, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र मर्चवारीमाई गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा हालसम्म ९ हजार १३० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्लामा हालसम्म १७३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा १ हजार २ सय ४६ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।