काठमाण्डौ,१२ वैशाख ।
नेपालमा आइतबार थप तीन हजार एक सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जना र ७ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

आज संक्रमण पुष्टि भएकामध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

पछिल्लो २४ घण्टामा चार सय ५० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ७७ हजार पाँच सय ७३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म तीन हजार एक सय ६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको छ ।