गुल्मी,१२ वैशाख ।
पछिल्लो २४ घण्टामा गुल्मिका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारत बाट घर आउदै गरेका गुल्मी धुर्कोट गाउँपालिका २ पिपलधाराका ४२ बर्षिय पुरुषको भैरहवाको होल्डीङ्ग सेन्टरमा मृत्यु भएको हो ।
त्यस्तै गुल्मीकै छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका ४५ बर्षिय पुरुषको गएराती होम क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य कार्यालयय गुल्मीका कोरोना फोकल पर्शन गोपाल कार्किले जानकारी दिए ।
गत बिहिबार कोरोना संक्रमण पुष्टि भएका उनि होम क्वारेन्टीनमा बस्दै आएको स्वास्थ्य कार्यालयय गुल्मीले जनाएको छ ।