Share this News on Social Networking Pages

काठमाडौं,१२ वैशाख ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो ।

राजस्थानका कप्तान सन्जु साम्सन ४२ रनमा नटआउट रहे ।

जारी सिजनमा राजस्थानको पाँच म्याचमा यो दोस्रो जित हो । यस्तै पाँच खेलमा कोलकाताको यो लगातार चौथो हार हो । यो हारसँगै कोलकाता अंकतालिकाको आठौं स्थानमा खस्किएको छ ।