Share this News on Social Networking Pages

बुटवल,११ वैशाख ।
बुटवल उपमहानगरपालिकाका ११० सहित रुपन्देही जिल्लामा शनिबार थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ३४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा १३० महिला र १७१ पुरुष गरी ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकाका ११० जना, तिलोत्तमा नगरपालिकाका ६४ जना, सिद्धार्थनगर नगरपालिकाका ४६ जना,रोहीणी गाउपालिकाका २३ जना, ओमसतिया गाउपालिकाका २० जना,सैनामैना नगरपालिकाका १० जना, देवदह नगरपालिकाका ८ जना, सुद्धोदन गाउपालिकाका ७ जना,सियारी गाउपालिकाका ३ जना गैडहवा गाउपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका,मर्चवारीमाई गाउपालिका र मायादेवी गाउपालिकाका २÷२ जना तथा सम्मरीमाई गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप २९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

रुपन्देहीमा हालसम्म ९ हजार ९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्लामा हालसम्म १६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा १ हजार ८० जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।