Share this News on Social Networking Pages

बुटवल,१० वैशाख ।
बुटवल उपमहानगरपालिकाका ११५ सहित रुपन्देही जिल्लामा बुधबार थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९९ महिला र १२८ पुरुष गरी २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकाका ११५ जना, तिलोत्तमा नगरपालिकाका ४३ जना, सिद्धार्थनगर नगरपालिकाका ४० जना,सैनामैना नगरपालिकाका १० जना, ओमसतिया गाउपालिका, रोहीणी गाउपालिका र कञ्चन गाउपालिकाका ४÷४ जना, देवदह नगरपालिकाका ३ जना,गैडहवा गाउपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सुद्धोदन गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप १० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

रुपन्देहीमा हालसम्म ९ हजार ६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्लामा हालसम्म १६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा ८११ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।