Share this News on Social Networking Pages

काठमाण्डौ,१० वैशाख ।
आज विश्व पुस्तक दिवस नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाइदैछ ।

पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तक्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, आफन्तलाई पुस्तक उपहार दिएर विश्व पुस्तक दिवस मनाउने गरिन्छ ।

पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले सन् १९९५ को अप्रिल २३ तारिखदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाउने गरिन्छ ।

विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न यो दिवस मनाइन्छ । यस्तै, लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिन प्रतिलिपि अधिकार दिवस पनि मनाइन्छ ।

नेपालमा केही वर्षयता पढ्ने बानीको विकास भएसँगै साथीभाइलाई पुस्तक उपहार दिने चलन बढ्दै गएको छ ।