काठमाडौँ,९ वैशाख ।
नेपालमा बिहिबार थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार १ पीसीआर परीक्षण गर्दा २ हजार ३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहिबार संक्रमण काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ९८७ जना, भक्तपुरका ८१ जना र ललितपुरका १०६ जना रहेका छन् ।
यस्तै बाँकेमा २७७ जना, रूपन्देहीमा १२५ जना, मोरङमा ११३ जना, पर्सामा ७९ जना, कैलालीमा ७३ जना, पाल्पामा ४२ जना, कञ्चनपुरमा ३७ जना,सुनसरीमा ३६ जना, बर्दियामा ३१ जना, कास्कीमा ३१ जना, काभ्रेपलाञ्चोकमा १७ जना, चितवनमा २२ जना, नुवाकोटमा १२ जना, मकवानपुरमा ३० जना,स्याङ्जामा १४ जना, कपिलवस्तुमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै गुल्मीमा १० जना, दाङमा २३ जना, र कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ९ वर्षमुनिका ५१ जना बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १८८ गरी २३९ बालबालिका कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।
यससँगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । बिहीबार मात्रै २५२ जना डिस्चार्ज भएका छन् ।