Share this News on Social Networking Pages

बुटवल,८ वैशाख ।
कोरोना संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाद्धारा बुधबार सूचना जारी गरी वैशाख ९ गतेबाट वैशाख मसान्तसम्मका लागि सबै शैक्षिक संस्थाहरु बन्द गर्न आग्रह गरेको हो ।

कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गरिएको बुटवल उपमहानगरका प्रमुख प्रशाशकीय अधिकृत चक्रपाणी शर्माद्वारा जारी सूचनामा जनाइएको छ ।

भौतिक रुपमा बन्द भएका विद्यालयहरुले पनि वैपल्पिक माध्यमबाट कक्षा लिन सक्ने र शैक्षिक गतिविधि गर्न सक्ने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

उपमहानगरले कक्षा ८ को पालिकास्तरीय परीक्षासमेत स्थगित गरेको छ । पूर्वनिर्धारित परीक्षाहरु समेत वैशाख मसान्तसम्मका लागि स्थगित गरेको जनाएको छ ।

पठनपाठन बन्द भए पनि विद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने उपमहानगरपालिकाले जनाएको छ ।

पछिल्लो समय बुटवल उपमहानगरपालिका सहित रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको छ ।

बुधबार बुटवलका ५७ सहित रुपन्देहीका ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।