बुटवल,८ वैशाख ।
बुटवल उपमहानगरपालिकाका ५७ सहित रुपन्देही जिल्लामा बुधबार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ७ सय ४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५३ महिला र ६५ पुरुष गरी ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकाका ५७ जना, तिलोत्तमा नगरपालिकाका २४ जना, सिद्धार्थनगर नगरपालिकाका १८ जना, देवदह नगरपालिका र ओमसतिया गाउपालिकाका ४÷४ जना,मायादेवी गाउपालिकाका ३ जना,सैनामैना नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका २÷२ जना तथा रोहीणी गाउपालिका,कञ्चन गाउपालिका, सुद्धोदन गाउपालिका र सम्मरीमाई गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप १५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
रुपन्देहीमा हालसम्म ९ हजार ३८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्लामा हालसम्म १६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल रुपन्देही जिल्लामा ५४८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।