Share this News on Social Networking Pages

बुटवल,८ वैशाख ।
नेपालमा बुधबार थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार ८४४ पीसीआर परीक्षण गर्दा २ हजार २ सय २० जना र ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ गरी जम्मा २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना रहेका छन् ।

जसमध्ये काठमाडौंका ७८६, ललितपुरमा १८१ जना र भक्तपुरका ८४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप दुई सय ८७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबर,मंगलबार र बुधबार तीन दिनमा २३ हजार ९०० जनामा परीक्षण गर्दा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ ।