बुटवल, ७ बैशाख ।
बुटवल उपमहानगरपालिकाका ३४ सहित रुपन्देही जिल्लामा मंगलबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ६ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा २८ महिला र ४४ पुरुष गरी ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकाका ३४ जना, तिलोत्तमा नगरपालिकाका २० जना, सिद्धार्थनगर नगरपालिकाका ७ जना,सैनामैना नगरपालिकाका ४ जना, देवदह नगरपालिका, रोहीणी गाउपालिका,गैडहवा गाउपालिका र सुद्धोदन गाउपालिकाका २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

रुपन्देहीमा हालसम्म ९ हजार २३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्लामा हालसम्म १६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा ४४७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।