Share this News on Social Networking Pages

अटोका मेकानिक्स र कामदारले आधुनिक प्रबिधि अनुसारको सीप सिक्नु आवस्यक

बुटवल, ७ बैशाख ।

अटो ब्यवसायका क्षेत्रमा कामगर्ने कामदार र प्राबिधिकहरू आधुनिक प्रबिधि अनुसार काम गर्न सक्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले वताएका छन् ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको आयोजनामा नवरत्न टेक्निकल ईन्स्टिच्यु प्रा.लि. टोखा १० काठमाण्डौको सहकार्यमा आयोजित ६५ दिने अटो मोवाईल तालिम उद्घाटन का अवसरमा बोल्ने वक्ताले उक्त कुरा बताएका हुन् ।

यस्ता तालिममा सिकेका सिपलाई ब्यवहारमा ल्याउन सके राम्रो आय आर्जनका लागि उपयोगि हुने पनि उनीहरूले वताए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल अटो मेकानिक्स ब्यावसायिक महासघंका अध्यक्ष जनार्दन गैरेले आधुनिक प्रविधि अनुसार काम गर्नुपर्ने भएकोले यस्ता तालिमले निकै महत्व राख्ने वताए ।

संस्थाका अध्यक्ष बाबुलाल पाण्डेले अटो मेकानिक्सहरु गाडिहरूको डाक्टर भएकोले यो व्यवहारीक ज्ञान सहितको तालिम निकै महत्वपूर्ण रहेको वताए ।

नवरत्न टेक्निकल ईन्स्टिच्यु प्रा.लि का प्रबन्ध निर्देशक बिक्रम पाण्डे ले यो तालिम ब्यवहारिक ज्ञान हासिल गर्ने तरिकाले प्रदान गरिने हुदा अन्य तालिमभन्दा फरक रहेको धारणा राखे ।

कार्यक्रममा सस्थाका महासचिव तुल्सिराम न्यौपाने, संघका केन्द्रीय सचिव ज्योती भण्डारी , प्रेस सल्लाहकार दामोदर खनाल, तालिम संयोजक चिन्तामणी खनाल लगायतले बोल्दै समयको चुनौती सामना गर्दै नयाँ प्राविधिसँग जुध्न तालिम सहयोगि हुने विश्वास व्यक्त गरे ।

६५ दिने अटो मोवाईल तालिममा ४० जना अटोमेकानिक्सहरूको सहभागिता रहेको छ ।

तालिममा प्रशिक्षक राधाकृष्ण देउलाले सहजिकरण गरेका छन् ।