काठमाडौं,७ वैशाख ।
पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर सोमबार मात्रै स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना प्रभावित क्षेत्र भारतको हरिद्वारमा लागेको भुम्भमेलामा सहभागि भएर फर्कीएका उनिहरुको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।