बुटवल, ६ बैशाख ।
बुटवल उपमहानगरपालिकाका ३४ सहित रुपन्देही जिल्लामा सोमबार थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ५ सय ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३२ महिला र ४७ पुरुष गरी ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका ३४ जना, तिलोत्तमा नगरपालिकाका २१ जना, सिद्धार्थनगर नगरपालिकाका १० जना,सैनामैना नगरपालिकाका ६ जना, सियारी गाउपालिका, रोहीणी गाउपालिका र सुद्धोदन गाउपालिकाका २÷२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका मायादेवी गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ५जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

रुपन्देहीमा हालसम्म ९ हजार १४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्लामा हालसम्म १६० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा ३८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।