Share this News on Social Networking Pages

बुटवल, ४ बैशाख ।
सिद्धार्थनगर नगरपालिकाका ३५ सहित रुपन्देही जिल्लामा आइतबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ४सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा २३ महिला र ४५ पुरुष गरी ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार सिद्धार्थनगर नगरपालिकाका ३५ जना, बुटवल उपमहानगरपालिकाका १८ जना, तिलोत्तमा नगरपालिकाका ५ जना,सैनामैना नगरपालिका र ,कञ्चन गाउपालिकाका ३÷३ जना,देवदह नगरपालिकाका २ जना तथा सियारी गाउपालिका र गैडहवा गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

रुपन्देहीमा हालसम्म ९ हजार १० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्लामा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा ३१३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।